FAQs Complain Problems

प्रमुख सूचना::

जोरायल गाउँपालिकाको बार्षिक सामाजिक परिक्षण कार्यक्रम सम्पन्न |

जोरायल गाउँपालिकाको बार्षिक सामाजिक परिक्षण कार्यक्रम सम्पन्न |

जोरायल गाउन्पालिकाले २०७५ श्रावण २८ गते आ.ब.०७४/७५ को बार्षिक सामाजिक परिक्षण गरेको छ | जोरायल गाउँपालिकाका कार्यबाहक अध्यक्ष जमुना बोहराको अध्यक्षता तथा गाउँपालिका का प्रमुख प्रसासकिय अधिकृत समीर भण्डारीको प्रमुख आथित्यमा र  ४ नं. वडा सचिब चन्द्र देब ओझाको संचालाकता मा सम्पन्न भएको उक्त सामाजिक परिक्षण कार्यक्रम मा ६ वटै वडाका जनाप्रतिनिधिहुरु , लक्षित समुदाय र सरोकारवाला हरुको सहभागिता रहेको थियो |

कार्यक्रममा गाउन्पालिकाको तर्फ वाट योजना शाखा प्रमुख हरिदत्त पाण्डेय र बिषयगत शाखाका प्रमुखहरु ले आ.ब.०७४/७५ मा सम्पन्न भएको क्रियाकलापहरु, प्रदान गरिने सेवाको बारेमा जानकारी गराउनु भएको थियो |कार्यक्रममा सेवाग्राही तथा सरोकारवाला हरुले गाउँपालिकाको आफ्नै भवन हुनु पर्ने,  संचारको सेवा आझै सुधार हुनु पर्ने, कर्मचारीको दरबन्दी पूर्ति गर्नु पर्ने र सुसासन् का गतिबिधिलाई प्राथमिकता दिनु पर्ने , लक्षित समुदायको पहिचान गरि बिसेस कार्यक्रम ल्याउनु पर्ने लगायत का सुझाब दिएका थिए | 

आर्थिक वर्ष: